आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

डिसी नेपाल
१६ साउन २०७९ ६:२७
2.8k
Shares

मडागास्कर। घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ। प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो।

राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए। रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईवस्तु तस्करीलाई दोष।

गाईवस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ। अन्काजोबे जिल्लाको एउटा सानो पहाडमा अवस्थित एम्बोलोताराकेली गाउँमा घर जलेपछिको पर्खाल मात्र देख्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *