काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए
काठमाडौं। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको आशंका गरिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको हुनसक्ने बताए। मृतकहरूमा हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन्।
एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्या भएको प्रहरीले आशंका गरेको छ।
गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment