एसिया भ्रमणमा निस्किन पेलोसी, ताइवानबारे मौन

डिसी नेपाल
१६ साउन २०७९ १४:००
32
Shares

न्युयाेर्क। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले एसिया भ्रमण सुरु गर्दै छिन्। पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण सुरु गरेको उनको कार्यालयले जनाएको छ । तर, सर्वाधिक चासोको देश ताइवानको सम्भावित भ्रमणबारे केही उल्लेख गरिएको छैन।

उनले स्वशासित टापुको भ्रमण गर्न सक्ने तीव्र अनुमान गरिएको छ। ताइवानलाई चीनले दाबी गर्दै आएको छ । ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले अमेरिकालाई चेतावनी दिएको छ।

२५ वर्षयता कुनै पनि उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारीले ताइवान भ्रमण गरेका छैनन्। ६ सदस्यीय कंग्रेसको प्रतिनिधिमन्डलको भ्रमणले अमेरिकी ‘सहयोगी र यस क्षेत्रका साथीहरूप्रति अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्न’ खोज्नेछ। यो भ्रमण सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित ‘इन्डो-प्यासिफिक क्षेत्र’ को हुने उनको कार्यलयले जनाएको छ।

चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रूपमा हेर्छ। चीनलाई आफ्नो देशको एउट अशंको रूपमा हासिल गर्न बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *