मंकीपक्सका कारण भारतमा पहिलो मृत्यु, २२ वर्षका युवाको ज्यान गयो
काठमाडौं । भारतमा मंकीपक्सका कारण पहिलो मृत्यु भएको पुष्टि भएको छ। केरलामा ज्यान गुमाएका २२ वर्षीय पुरुषको बारेमा भएको जाँचमा मंकीपक्स भाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ । यी व्यक्ति युएईबाट फर्किएका थिए ।
उक्त व्यक्तिको मृत्यु मन्कीपक्स भाइरसबाट भएको हो वा होइन भन्ने पत्ता लगाउन नमूना एनआईभी पुणेमा पठाइएको थियो। त्यहाँ नतिजा सकारात्मक आएको छ । यो व्यक्तिको ३० जुलाईमा केरलाको त्रिशूरमा मृत्यु भएको थियो ।
मंकीपक्सको बढ्दो चिन्ताको कारण, केन्द्र सरकार पनि सक्रिय छ। केन्द्रले कार्यदल पनि बनाएको छ । यसको नेतृत्व डा वीके पल र स्वास्थ्य सचिव राजेश भूषणले गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment