अमेरिकाले दियो युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार सहयोग
न्युयोर्क। अमेरिकाले सोमबार रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ। अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ।
५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद समावेश छ छ। त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए।
सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन्। २४ फेब्रुवरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ।
यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई पुनः कब्जा गर्न युक्रेनी सेनाले विभिन्न रणनीति अप्नाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment