भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ आज दिल्लीमा धर्ना बस्ने

डिसी नेपाल
१७ साउन २०७९ ११:२१
440
Shares

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीले मंगलबार दिल्लीको जन्तर मन्तरमा विभिन्न मागका लागि धर्ना दिने भएका छन् । प्रह्लाद मोदी ‘अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन’ (एआइएफपीएसडीएफ) का उपाध्यक्ष पनि हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार एआईएफपीएसडीएफले एक विज्ञप्तिमा धर्नापछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने बताएको छ। सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना बनाएका छन्।

एआईएफपीएसडीएफका अन्य सदस्यहरूसँग प्रह्लाद मोदीले जन्तर मन्तरमा धर्ना दिनेछन्। एआइएफपीएसडीएफका चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्ति सहित नौवटा मागहरू छन्। नि:शुल्क वितरणको ‘पश्चिम बङ्गाल रासन मोडल’ देशभर लागू गर्नुपर्ने माग पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *