विमानबाट हाम्फालेका व्यक्ति सिधै ६५०० फिट तल घरको छतमा खसे, घटनास्थलमै मृत्यु

डिसी नेपाल
१७ साउन २०७९ १५:०८
10.8k
Shares

काठमाडौं । स्काइडाइभिङ गर्न गएका एक व्यक्तिसँग दर्दनाक दुर्घटना भएको छ । स्काइडाइभिङ गर्न गएका व्यक्तिले उडानबाट हाम फाले। तर जमिनतर्फ आउँदा प्यारासुट खोल्न नसकेर करिब ६५ सय फिटको उचाइबाट सिधै घरको छतमा खसेका थिए । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । यो दुर्घटना ब्राजिलमा भएको हो । ३८ वर्षीय एन्ड्रियास जमैका साओ पाउलो सिटी, बोइटुभाको एउटा घरमा स्काइडाइभिङ गर्ने क्रममा खसेका थिए ।

ब्राजिलको नेटवर्क टिभी ग्लोबोले प्राप्त गरेको फुटेजमा स्काइडाइभिङ प्रशिक्षक पाउलो मिरकाईले उडानबाट हाम फाल्नुअघि जमैकालाई निर्देशन दिइरहेको देखाइएको छ। जमैकासँगै अन्य धेरै स्काईडाइभरहरू पनि उडानबाट हाम फाल्ने तयारीमा देखिन्छन्। उडानबाट हाम फाल्ने क्रममा, मिरकाईले जमैकाको हात र खुट्टा समातेका थिए। हावामा एक समयमा लिभर छोएर जमैकाले आफ्नो प्रशिक्षकलाई आफू ब्रेकअवे स्थानको बारेमा पूर्ण रूपमा सचेत भएको जानकारी पनि दिएका थिए ।

त्यसपछि प्रशिक्षकले जमैकालाई छोडे। केही समयपछि जमैका घुम्न थाले । प्रशिक्षकले तिनीहरूलाई सम्हाल्ने प्रयास गरे। जमैकाका खुट्टा समाते तर फेरि छुटे । जमैका प्रशिक्षकको पकडबाट बाहिर हुनेबित्तिकै उनी फेरी घुम्न थाले । दुवैजना जमिनमा अवतरण गर्ने ठाउँतर्फ तीव्र गतिमा जाँदै थिए । त्यसपछि प्रशिक्षकले आफ्नो प्यारासुट खोले।

जमैका करिब ६५०० फिटको उचाइबाट एउटा घरको छानाको प्यानल भाँच्दै जमिनमा खसेका थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । प्रशिक्षक मिर्काईले भने- मैले उनलाई बचाउन सक्दो गरेँ। यति हुँदाहुँदै पनि दुर्घटनाको तस्विरले मेरो मनमा घर बनाएको छ ।’

दुर्घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बोइतुवाले अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुमान छ कि जमैकाले समयमै प्यारासुट खोल्न सकेनन्, त्यसैले उनको मृत्यु भयो। यो दुर्घटनापछि बोइतुवामा स्काइडाइभिङमा तत्कालका लागि प्रतिबन्ध लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *