बेपत्ता पाकिस्तानी सेनाको हेलिकोप्टरको भग्नावशेष बलुचिस्तानमा भेटियो, सबै सैनिक अधिकारीको मृत्यु

डिसी नेपाल
१७ साउन २०७९ १६:४६
336
Shares

काठमाडौं । पाकिस्तानी सेनाले बेपत्ता सेनाको हेलिकप्टरको भग्नावशेष फेला परेको र त्यसमा सवार सबै ६ अधिकारी र सैनिक मारिएको जनाएको छ । मारिएका अधिकारीहरूमा १२ कोरका कमाण्डर लेफ्टिनेन्ट जनरल सरफराज अली पनि थिए।

पाकिस्तानी सेनाले प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको पाइएको जनाएको छ ।

यो हेलिकप्टर बलुचिस्तानको लसबेलामा राहत कार्यमा लागिरहेको थियो । सोमबार राति एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भएको थियो । यसका लागि पाकिस्तानी सेनाले अभियान पनि चलाएको थियो । तर उनीहरूले हेलिकप्टरको भग्नावशेष फेला पारे ।

यसअघि पाकिस्तानी सेनाको हेलिकप्टर बेपत्ता भएको विषयमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले सेना प्रमुख जनरल कमर जावेद बाजवासँग फोनवार्ता गरेका थिए ।

उनले हेलिकप्टरमा सवार ६ जना सैनिकको सुरक्षामा चिन्ता व्यक्त गरेका थिए । शाहबाज शरीफले लेफ्टिनेन्ट जनरल सरफराज अलीको प्रशंसा गर्दै उनलाई उत्कृष्ट अधिकारी र असल व्यक्ति भने।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पनि ट्वीट गर्दै घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैलाई सकुशल फर्कने कामना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *