ताइवान पुगिन् नेन्सी पेलोसी
ताइपेय। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीन ताइवान पुगेकी छन्। एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन्। चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ।
चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ। दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन्।
ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो। एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन। पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग-वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment