ताइवानका राष्ट्रपति र पेलोसीबीच भेटवार्ता, ताइवानको संसदलाई सम्बोधन गर्दै

डिसी नेपाल
१८ साउन २०७९ ९:३५
224
Shares

ताइपेय। ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन्। भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो।

राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन्। ‘लोकतान्त्रिक ताइवानविरुद्धको अतिक्रमणले सम्पूर्ण इन्डो–प्यासिफिकको सुरक्षामा ठूलो प्रभाव पार्नेछ’, उनले भनिन्।

पेलोसी आज नै ताइवानको संसदमा पुगेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *