६.७१ अंकले घट्यो नेप्से, परिसूचक २१८६.७७ विन्दुमा

डिसी नेपाल
१८ साउन २०७९ १५:१२

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से ६.७१ अंकले घटेर २ हजार १८६.७७ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१८ कम्पनीको ९५  लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २५ करोड ३४ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा दुई कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। समलिंग पावरको सेयर भाउ ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक र गुडविल फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *