राष्ट्र बैंकको नयाँ व्यवस्था : प्रत्येक वर्ष बैंकहरुले कर्मचारीलाई तालिम दिनुपर्ने

डिसी नेपाल
१९ साउन २०७९ ९:०७

काठमाडौँ। अब बैंकका कर्मचारीले प्रत्यक वर्ष आफ्नो कर्मचारीलाई तालिम प्रदान गर्नु पर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिनुपर्ने भएको हो

‘बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यो व्यवस्था बैंकहरुमा दक्ष जनशक्तिको विकास गर्नका लागि ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

यसकासाथै राष्ट्र बैंकले बैंकमा नयाँ भर्ना भएका कर्मचारीलाई प्रवेश गरेको एक महिनाभित्र कम्तिमा २ हप्ताको लागि अभिमुखीकरण तालिम दिन पनि निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *