अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१९ साउन २०७९ ९:१८

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १२५ रुपैयाँ ६५ पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ९७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ७१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ६१ पैसा र बिक्री दर ३३ रुपैयाँ ७७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *