नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने
काठमाडौँ। जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो।
बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परिक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिवार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो। सो प्रणाली अन्र्तगत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन्।
दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच बर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बिचमा अनौपचारिक सहमति भएको थियो। गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो।
कोरोना महामारीका कारण झन्डै ३ बर्ष अडकिएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापान बिच संयुक्त बैठक बस्न लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment