एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?

डिसी नेपाल
१९ साउन २०७९ १२:०७

काठमाडौँ। एनएमबि बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३६.५३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफामा सिमित रहेको यो बैंकले यस वर्ष बढाएर ३ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि वृद्धि गर्न सफल भएको छ। बैंकको प्रति सेयर आम्दानी ५ रुपैयाँ ३९ पैसाले बढेर २० रुपैयाँ १५ पैसा पुर्याउन सफल भएको छ। अघिल्लो वर्षको यहि अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा मात्र रहेको थियो।

यो चौथो त्रैमाससम्म आउँदा बैंकको खुद ब्याज आम्दानी र प्रति सेयर आम्दानी दुवै बढेको छ।  अघिल्लो वर्ष यहि अवधिमा ५ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको बैंकले यस वर्ष १५.७५ प्रतिशतले वृद्धि गरेर ६ अर्ब ५५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।

यो समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ।  अघिल्लो वर्षको यहि अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ८२ करोड रुपैयाँमा सिमित थियो।

बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको रिजर्भको आकार २६.३८ प्रतिशतले बढेर ६ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ। हाल बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर १.३३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल २.२७ प्रतिशत थियो। सीडी रेसियो ८५.५५ प्रतिशत रहेको बैंकको आधार दर ९.३८ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *