गरिमा विकास बैंकको नाफा २६.३५ प्रतिशतले बढेपछि १ अर्ब माथि

डिसी नेपाल
२० साउन २०७९ ८:५२

काठमाडौँ। गरिमा विकास बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २६.३५ प्रतिशतले वृद्धि भएको छ।  गत वर्ष बैंकले १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यहि अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन नाफाले पनि टेवा पुर्याएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले वृद्धि भएको छ। बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *