आँधिखोला लघुवित्तको खुद नाफा ४ करोड ५५ लाख

डिसी नेपाल
२० साउन २०७९ ९:४१

काठमाडौँ। आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ। यस अवधिमा संस्थाको खुद नाफा ११.०१% ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी सामान्य बढेको छ । भने, सञ्चालन नाफा ३५ प्रतिशतले वृद्धि भएको छ। संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो। यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२% ले धेरै हो। राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ।

असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४.९५ प्रतिशतले बढेको छ। यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो। यसको कस्ट अफ फन्ड भने बढेको छ। प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *