नेष्डो समृद्ध लघुवित्तको खुद नाफामा बढोत्तरी

डिसी नेपाल
२० साउन २०७९ १०:२८

काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा यसले १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो। संस्थाको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा भने ७५.०४ प्रतिशतले बढेको छ।

यसको खराब कर्जामा पनि सुधार आएको छ। यसको सञ्चालन नाफा बढ्नाले नै खुद नाफा माथि जान सहयोग पुगेको देखिन्छ। असार मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ५३.०७ प्रतिशतले बढेको छ। संस्थाको रिजर्भमा ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ४० करोड ४४ लाख ५२ हजार रुपैयाँ जम्मा भएको थियो। यसको कस्ट अफ फन्ड भने बढेको छ। प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *