हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ साउन २०७९ ८:५३

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९४ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ६३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *