साउन ३१ गतेदेखि पिपुल्स पावर कम्पनीले आइपीओ निष्कासन गर्दै

डिसी नेपाल
२२ साउन २०७९ ९:२२

काठमाडौँ। पिपुल्स पावर कम्पनीको २४ लाख ६७ हजार ४०० कित्ता सेयर साउन ३१ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *