सेञ्चुरी बैंकको खुद नाफामा आकर्षक सुधार

डिसी नेपाल
२२ साउन २०७९ ९:४८

काठमाडौँ। सेञ्चुरी बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ११५.६७ प्रतिशतले बढेको छ। गत वर्षमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशत र सञ्चालन नाफा १४२.१२ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।

बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेञ्चुरीलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *