ज्योति विकास बैंकको वितरणयोग्य नाफा ४१.४६ प्रतिशतले घट्यो

डिसी नेपाल
२२ साउन २०७९ १३:३०

काठमाडौँ। ज्योति विकास बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ४.८६ प्रतिशतले बढेको छ।  यसअवधिमा बैंकको खुद नाफा ७० करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको वितरणयोग्य नाफा भने ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ६० करोड ३० लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.२३ प्रतिशत र सञ्चालन नाफा ५.५० प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर १.४२ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसाले घटेर १६ रुपैयाँ ४४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *