यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ साउन २०७९ ८:४१

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ०४ पैसा र बिक्री दर १३० रुपैयाँ ६५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा र बिक्री दर ८९ रुपैयाँ १६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३३ रुपैयाँ ९८ छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *