प्रभु बैंकका ग्राहकले त्रिशुली लोकहित डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने

डिसी नेपाल
२५ साउन २०७९ १०:३६

काठमाडौँ। प्रभु बैंक लिमिटेड र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र  त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि तर्फबाट अध्यक्ष डा.गणेश साहले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रा .लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ।

उक्त सम्झौताअन्तर्गत त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि.का मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *