९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन
काठमाडौँ। भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ।
मुख्यत: काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहिवार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो।
पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ।
बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाई छ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment