स्वावलम्बन लघुवित्तले नाफा बढाउँदा ईपीएस र नेटवर्थ कति छ ?

डिसी नेपाल
२७ साउन २०७९ ११:२२

काठमाडौँ। स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशत धेरै हो। अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो। असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ।

यता, सञ्चालन नाफा पनि १४.६१ प्रतिशतले बढेको छ। यसको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो। यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ। यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ। स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ।

रिजर्भ २८.८९ प्रतिशतले बढेको छ। यसको रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीको खराब कर्जा अनुपात ४.३८ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ। यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *