अछामका तीन पालिका समपुरक र विशेष अनुदानबाट बन्चित

डिसी नेपाल
२७ साउन २०७९ १२:०२

अछाम। अछामका स्थानीय तहको लागि सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपुरक गरी करिब ५ करोड रुपैयाँ प्राप्त भएको छ। चालु आर्थिक बर्ष २०७९/८० मा समपुरक अनुदानतर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो।

समपुरक अनुदानतर्फ जिल्लाका ७ वटा स्थानीय तह र विशेष अनुदानतर्फ ८ वटा पालिकालले अनुदान प्राप्त गरेका छन्। समपुरक अनुदानमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका, मेल्लेख र ढकारी गाउँपालिका अनुदान पाउनबाट बन्चित भएका छन्।

यस्तै विशेष अनुदानतर्फ पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले अनुदान प्राप्त गर्न सकेनन्। पन्चदेवल विनायक नगरपालिका भने समपुरक र विशेष गरी दुवै अनुदानबाट बन्चित भएको छ।

जिल्लामा सबैभन्दा बढी समपुरक अनुदान प्राप्त गर्ने रामारोशन गाउँपालिकाले ८१ लाख ४० हजार र कम प्राप्त गर्ने चौरपाटी गाउँपालिकाले २० लाख पाएको छ। ६ वटा पालिकाले एक/एक योजनाको लागि अनुदान पाएका छन् भने रामारोशन गाउँपालिकाले तीनवटा योजनाको लागि अनुदान पाएको छ।

रामारोशन गाउँपालिका- २ चाफामाण्डौं चिलयात्रा वस्ती विकासको लागि ४४ लाख, वडा नम्बर १ मलातिकोट स्थित लघुजलविद्युत् योजनाको लागि २४ लाख ७३ हजार र वडा नम्बर २ चाफामाण्डौंको कैलाश खोला लघुजलबिद्युत योजनाको लागि १२ लाख ६७ हजार गरी ८१ लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ।

चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा निर्माण हुने चौमुखी पतलचौर ग्रामिण सडक निमार्णको लागि २० लाख रकम प्राप्त गरेको छ। त्यस्तै तृर्माखाँद गाउँपालिका वडा नम्बर १ को भुलु राहापा सडक निमार्णको लागि ६० लाख, बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर १ कोटघर गाँज्रा सडक कालोपत्रेको लागि ३७ लाख ५० हजार, मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँको खडखडे खानेपानी योजनाको लागि २५ लाख ३० हजार रुपैयाँ प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट विनियोजित भएको छ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा निर्माणाधीन सूर्यचन्द्र व्यावसायी नमुना मावि छात्रवास निर्माणको लागि २४ लाख र कमलबजार नगरपालिकाको हल निर्माणका लागि २२ लाख रकम विनियोजित भएको छ । समपुरक अनुदान प्राप्त गर्ने पालिकाले आधा रकम व्यहोनु पर्नेछ।

यस्तै विशेष अनुदानतर्फ जिल्लाका ८ वटा स्थानीय तहले समान २५/२५ लाखका दरले २ करोड अनुदान प्राप्त गरेका छन्। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको दोगाडे खानेपानी योजना, मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहको भवन निर्माण, चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा वृहत खानेपानी योजना अन्तर्गत एक घर एक धारा निर्माण र बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकी भवन निर्माणका लागि २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ।

रामारोजन गाउँपालिका वडा नम्बर ७ सुतारका ऐडीओड बान्निविस्ना सडक निर्माण, मंगलसैन नगरपालिकामा खोप व्यवस्थापन रेफ्रीजेरेटर स्थापना, ढकारी गाउँपालिका वडा नम्बर १ ढकारीमा खडिका रुख तल्लोे बासल्ला खानेपानी योजना र कमलबजार नगरपालिका वडा नम्बर ३ वयालास्थित नेपाल राष्ट्रिय मावि भवन निर्माणका लागि पनि समान २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ।

समपुरक अनुदान प्रदेश सरकार र स्थानीय सरकारले आधा/आधा बजेट भए पनि विशेष अनुदानका योजना भने प्रदेश सरकारको लागतमा निर्माण हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *