मानुषी लघुवित्तको खुद नाफा १०१.९२ प्रतिशतले बढ्यो, इपिएस कति ?

डिसी नेपाल
२७ साउन २०७९ १२:२१

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १०१.९२ प्रतिशतले बढेर २ करोड ४० लाख रुपैयाँ पुगेको छ।  अघिल्लो वर्षको यहि अवधिमा संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ। संस्थाको खुद ब्याज आम्दानी २४.०५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफामा ६१४.५८ प्रतिशतले गिरावट आएको छ।

असारमसान्तसम्ममा संस्थाको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ। संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। रिजर्भ कोष ९०.३१% ले बढेर ६ करोड ४९ लाख रुपैयाँ जम्मा भएको छ।

कम्पनीको खराब कर्जा अनुपात ५.८१% बाट घटेर ३.२०% मा झरेको छ। यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ४३ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *