पन्चदेवल विनायक नगरको बजेट अझै सार्वजनिक भएन

डिसी नेपाल
२८ साउन २०७९ १३:४२

अछाम। अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले वजेट सार्वजनिक गरेका छन्। तर, यहाँको पन्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन्। नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन ।

स्थानीय १५ वर्षीय किशोर विनोद शाहीको हत्याको आरोपमा नगर प्रमुख अम्बिका चलाउनेमाथि मुद्दा दर्ता भएपछि नगरको सम्पूर्ण कामकाज रोकिएको छ। यही कारण नगरसभा समेत हुन सकेको छैन। नगर प्रमुख अम्विका चलाउनेले बजेटको विषयमा कुनै विवाद नभए पनि पन्चदेवल विनायक घट्ना कारण बजेट निर्माण ढिलाई भएको बताउँछन्। उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब वजेट निर्माणको प्रक्रिया अघि बढेको उनले बताए।

पन्चदेवल विनायक घटना र स्वास्थमा समस्या भएपछि उपचारको लागि जिल्ला बहिर जाँदा केही ढिला भएको नगर प्रमुख चलाउनेको भनाइ छ। अब १५ भदौभित्र बजेट ल्याउने तयारी भईरहेको उनले बताए। उनले बजेट निर्माण पक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिहरहेको समेत जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *