प्रसिद्ध शेयर व्यापारी राकेश झुनझुनवालाको निधन, उनको अगाडि मोदी पनि नतमस्तक हुन्थे

डिसी नेपाल
२९ साउन २०७९ १०:२४
424
Shares

काठमाडौं । चर्चित स्टक व्यापारी राकेश झुनझुनवालाको आइतबार निधन भएको छ । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए। राकेश झुनझुनवालाको उमेर ६२ वर्ष थियो । सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

भारतको वारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाको आकाश एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो । त्यसैबेला झुनझुनवाला सार्वजनिक रुपमा देखिएका थिए । केही रिपोर्टमा उनको स्वास्थ्य केही समयदेखि खराब रहेको पनि बताइएको छ ।

राकेश झुनझुनवालाले ४०० कर्मचारीसहित यो कम्पनी सुरु गरेका थिए । आकासा एयरलाइन्सले आगामी मार्चसम्ममा मासिक दुई सय का दरले थप्दै दुई हजार कर्मचारी पुर्याउने लक्ष्य राखेको थियो ।

राकेश झुनझुनवालाको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । पीएम मोदीले लेखेका छन्, राकेश झुनझुनवाला जीवन्त, रमाइलो र तिखो नजर भएका व्यक्ति थिए। राकेश झुनझुनवालाले आर्थिक संसारमा अमिट छाप छोडेको प्रधानमन्त्री मोदीले बताएका छन् । उनको निधनलाई दुःखद भएको भन्दै प्रधानमन्त्री मोदीले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

गत वर्ष राकेश झुनझुनवालाको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्रै उनको आकाश एयरलाइन्सले सरकारबाट ग्रिन सिग्नल पाएको खबर पनि आयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *