सलमान रुस्दी बोल्न सक्ने भए
काठमाडौं । बेलायती लेखक सलमान रुस्दीको स्वास्थ्यमा अहिले सुधार हुँदै गएको छ र उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार भेन्टिलेटरबाट हटाइएपछि रुस्दी अहिले बोल्न सक्ने भएका छन् ।
बुकर पुरस्कार विजेता रुस्दीलाई अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा २४ वर्षीय युवकले छुरा प्रहार गरेका थिए । आक्रमणकारीले उनीमाथि १५ देखि २० पटक चक्कु प्रहार गरेका थिए ।
रुस्दीले आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’का लागि केही दशकदेखि ज्यान मार्ने धम्कीको सामना गर्दै आएका थिए।
भारतीय मूलका रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले सलमानलाई भेन्टिलेटरबाट हटाएको खबरको पुष्टि गरेका छन् । यसअघि शनिबार वाइलीले रुस्दीको कलेजोमा आक्रमणका कारण नराम्ररी क्षति पुगेको र उनको पाखुराको नसा पनि काटिएको बताएका थिए ।
आक्रमणकारीको पहिचान न्यू जर्सी निवासी हादी मतरको रूपमा गरिएको छ। आक्रमणकारीलाई ज्यान मार्ने प्रयास र आक्रमणको आरोप लगाइएको छ। आक्रमणकारी हादी मतरलाई हिरासतमा पठाइएको छ ।







डिसी नेपाल







Facebook Comment