भारतको आपत्ति बेवास्ता गर्दै चीनको जासुसी जहाजले श्रीलंकामा प्रवेश पाउने

डिसी नेपाल
२९ साउन २०७९ ११:४८
420
Shares

काठमाडौं । श्रीलंकाले फेरि भारतको सट्टा चीनलाई समर्थन गरेको छ । केही दिनयता चिनियाँ जहाज युआन वाङ ५ लाई लिएर विवाद भइरहेको छ । यो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा रोकिन चाहन्छ । तर भारतले यसलाई जासुसी जहाजको रुपमा लिएको छ र यसलाई आफ्नो सार्वभौमसत्ताका लागि खतरा मानेको छ ।

भारतले श्रीलंका सरकारसमक्ष पनि यो आपत्ति जनाएको छ । तर यतिका बाबजुद पनि श्रीलंकाले यो चिनियाँ जहाजलाई हरियो संकेत दिएको छ । अब अगस्ट १६ मा चीनको युआन वाङ ५ हम्बनटोटा बन्दरगाहमा रोकिनन सक्नेछ ।

अन्तर्राष्ट्रिय शिपिंग र एनालिटिक्स साइटले चीनबाट आएको यो जहाजलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा लिएको छ। तर भारतका अनुसार यो जहाजले चीनका लागि जासुसीको काम गर्न सक्छ । चीनले त्यहाँ रहेको देशको सैन्य प्रतिष्ठानमा कडा निगरानी राख्न सक्छ।

यो खतरा महसुस गर्दै भारतले श्रीलंकामाथि आपत्ति जनाएको थियो । उच्च अधिकारीसँग कुरा गरेपछि विरोध पनि गरिएको थियो । तर सायद त्यो आपत्तिको कुनै फाइदा भएन किनकी श्रीलंकाले महत्वपूर्ण मुद्दामा फेरि भारतको सट्टा चीनलाई समर्थन गरेको छ।

पहिले १६ को सट्टा यो जहाज अगस्ट ११ मा श्रीलंका पुग्ने थियो। तर केही आवश्यक क्लियरेन्स नपाएपछि चिनियाँ जहाज हम्बनटोटा बन्दरगाहमा पुग्न सकेन । त्यसपछि श्रीलंकाबाट दुवै देशले यस विषयमा थप छलफल नभएसम्म जहाजको डकिङ स्थगित गर्न अनुरोध गरेको थियो।

तर त्यसपछि चिनियाँ अधिकारीहरूले तुरुन्तै श्रीलंकालाई सम्पर्क गरे र त्यसपछि ग्रीन सिग्नल दिइएको थियो। यो हरियो संकेतको लागि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले चिनियाँ राजदूत क्यूई जेनहोङसँग इन क्यामेरा भेट गरेका थिए।

इन्धन भर्नका लागि चिनियाँ जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा डक गर्नुपर्ने पनि बताइएको छ । इन्धन लिएपछि अगस्ट–सेप्टेम्बरमा हिन्द महासागर क्षेत्रको उत्तर–पश्चिमी भागमा जहाजबाट भूउपग्रह नियन्त्रण र अनुसन्धान ट्र्याकिङ गर्ने योजना छ । तर भारतले चीनका यी गतिविधिलाई पटक्कै विश्वास गर्दैन।

उसले चीनका यी गतिविधिलाई श्रीलंकामा हस्तक्षेपका रूपमा हेरिरहेका छन् । जे होस्, चीनको यो हस्तक्षेपले श्रीलंकालाई पहिल्यै छोपेको छ। २०१७ मा, श्रीलंकाले ऋण तिर्न असमर्थ भएकोले दक्षिणी बन्दरगाह चीनको मर्चेन्ट पोर्ट होल्डिङ्सलाई ११ वर्षको लागि लीजमा दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *