अदालतमा सम्बन्धविच्छेदको मुद्दामा मिलापत्र गरे, बाहिर निस्कनेबित्तिकै श्रीमतीको घाँटी रेटेर हत्या

डिसी नेपाल
२९ साउन २०७९ १४:५१
848
Shares

काठमाडौं । कर्नाटकको हसन जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ शनिबार स्थानीय अदालत परिसरमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । आरोपीले छोरीलाई पनि मार्ने प्रयास गरेका थिए । तर, त्यहाँ भएका अरु मानिसहरूले बालिकालाई बचाए र अभियुक्तलाई समाते।

दुवैबीच सम्बन्धविच्छेदको मुद्दामा सुनुवाइ चलिरहेको थियो । केही समयअघि अदालतमा काउन्सिलिङ गरेपछि दुवैले सँगै बस्ने सहमति पनि गरेका थिए । अभियुक्त आफ्नी श्रीमती र बच्चालाई लिएर घर जानका लागि निस्किएका थिए । तर बाहिर निस्कनेबित्तिकै उनले श्रीमतीमाथि आक्रमण गरे ।

घटना होलेनारसिपुरा टाउन कोर्ट परिसरको हो। मृत्यु हुने महिलाको पहिचान थट्टेकेरे गाउँकी चैत्रा रहेको छ । पीडित महिलाका पति शिवकुमार यहाँ होलेनरासीपुरा तालुकका बासिन्दा हुन् । चैत्रा र शिवकुमारबीचको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ हसन जिल्लाको होल नरसिपुरा अदालतमा चलिरहेको थियो ।

दुवैले ७ वर्षअघि विवाह गरेका थिए । उनीहरूकी एक छोरी पनि छिन् । शनिबार होल नरसिपुरा अदालतमा लोक अदालतमा न्यायाधीशले बालिकाको भविष्यलाई ध्यानमा राख्दै सम्बन्धविच्छेदको निवेदन फिर्ता लिन र मामिलालाई सौहार्दपूर्ण ढंगले टुङ्ग्याउन आग्रह गरेका थिए । करिब एक घण्टासम्म दुवैको काउन्सिलिङ चल्यो, त्यसपछि दुवैले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिए र सन्तानको खातिर सँगै बस्न राजी भए ।

यसपछि चैत्रा अदालत परिसरमा रहेको शौचालयमा गइन् । उनका श्रीमान् शिवकुमारले उनको पछिपछि आएर छुरी प्रहार गरेका थिए । आरोपीले चक्कुले चैत्राको घाँटी काटेका थिए । यसपछि उनले छोरीलाई पनि मार्ने प्रयास गरे तर आवाज सुनेपछि घटनास्थलमा मानिसहरू जम्मा भए र आरोपितलाई पक्रे । पछि आरोपीलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

आक्रमणबाट चैत्रा गम्भीर घाइते भएकी थिइन् । उनलाई होल नरसिपुराबाट एम्बुलेन्समार्फत जिल्ला अस्पताल हसन लगिएको थियो । तर, अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । पुलिसले धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *