सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३० साउन २०७९ ११:१२

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला ९७ हजार ४०० रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *