नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी कति ?

डिसी नेपाल
३० साउन २०७९ १२:०४

काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले सेवा व्यापारबाट ३७ अर्ब ८८ करोड रुपैयाँ र अन्य स्रोतबाट हुने आम्दानीमा ६ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ।  चुक्तापुँजी १८ अर्ब रुपैयाँ कम्पनीको रिजर्भ बढेर ७७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको खुद नाफा बढेसँगै प्रति सेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ९५ पैसाले बढेर ४६ रुपैयाँ ५६ पैसा पुगेको छ। अघिल्लो वर्षको यहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३९ रुपैयाँ ६१ पैसा रहेको थियो। कम्पनीको पीई रेसियो १८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *