३१ वर्षका युवकका ४८ जना सन्तान, बिहे गर्नका लागि भने केटी पाएनन्

डिसी नेपाल
३० साउन २०७९ १२:३३
468
Shares

काठमाडौं । ४८ सन्तानका पिताले आफ्नो प्रेम जीवनका बारेमा धेरै खुलासा गरेका छन् । उनले भनेका छन् कि जब धेरैजसो युवतीहरुलाई उनी स्पर्म डोनर भएको थाहा हुन्छ तब केटीहरु उनीबाट टाढा हुन्छन् । आउँदा दिनमा उक्त व्यक्तिबाट थप १० सन्तान जन्मिने बताइएको छ ।

यी ३१ वर्षीय पुरुषको नाम काइल गोर्डी हो । उनी अमेरिकाको लस एन्जलसका बासिन्दा हुन् । काइल एकल आमा, लेस्बियन दम्पती र स्वस्थ शुक्रकीटको कमीको कारण बच्चा जन्माउन नसक्ने जोडीहरूलाई आफ्नो शुक्रकीट दान गर्छिन्।

डेलीमेलका अनुसार सामाजिक सञ्जालमार्फत उनले आफ्नो नि:शुल्क सेवाको बारेमा मानिसहरूलाई बताउछन्। उनी स्पर्म बैंकमा गएर आफ्नो वीर्य सिधै महिलालाई दिन्छन् । काइलले भने कि केही मानिसहरू स्पर्म बैंकहरू प्रयोग गर्न मन पराउँदैनन् किनभने दाताहरू अज्ञात हुन्छन्। यसको मतलब नयाँ आमाबाबुलाई आफ्नो बच्चाको ‘वास्तविक बुबा’ बारे कुनै जानकारी छैन।

काइलका कारण पछिल्लो ८ वर्षमा ४ दर्जन महिला आमा बनेका छन् । तर यही कामका कारण उनी आफैं सम्बन्धमा आउन सकेका छैनन् । काइलले भने– ‘मैले १० वर्षदेखि कसैसँग डेट गरेको छैन । जब मैले केटीहरूलाई म स्पर्म डोनर भएको कुरा बताउँछु, तबदेखि उनीहरूले मप्रति चासो राखेनन्।

काइलले थप भने- केटीहरूले मलाई महिलाहरूलाई मद्दत गर्छु भनेर बुझ्छन् तर उनीहरू अरू महिलासँग बच्चा जन्माउने पुरुषसँग बस्न चाहँदैनन्। काइलले ८ वर्षअघि एक लेस्बियन जोडीको अनुरोधमा शुक्रकीट दान सुरु गरेको बताए । त्यसपछि उनले अनलाइन रिक्वेस्टमा विभिन्न महिलालाई स्पर्म दान गर्न थाले ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *