जनैपूर्णिमामा गोसाइँकुण्डमा ३ लाख भेटी संकलन

डिसी नेपाल
३० साउन २०७९ १४:३१

रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ।

पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्याइ जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो।

समितिका अध्यक्ष संञ्जिव डिएमले भेटी रू तीन लाख २२ हजार ११५ सङ्कलन भएको जानकारी दिए। गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *