सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध छैनः इरान
तेहरान। इरानले सलमान रुस्दीका आक्रमणकारीसँग कुनै सम्बन्ध नभएको जनाएको छ। बरु, उसले रुस्दीलाई दोषारोपण गरेको छ। ७५ वर्षीय रुस्दी शुक्रबार न्युयोर्क राज्यमा आयोजित एक कार्यक्रममा छुरा प्रहारमा परेका थिए। उनको उपन्यास दी सटानिक भर्सेसलाई लिएर उनीमाथि मृत्युदण्डको सजाय आएको थियो।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले इरानी सञ्चार माध्यमहरूले आक्रमणमा खुसी प्रकट गरेको जनाउँदै त्यसलाई निन्दनीय बताएका थिए।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले तेहरानले ‘स्पष्ट रूपमा’ आक्रमणसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गर्दै इस्लामिक गणतन्त्र इरानलाई आरोप लगाउने अधिकार कसैसँग नभएको बताए। अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मको अपमान गर्नुको औचित्य नभएको उनले बताए।
‘यस आक्रमणमा हामी सलमान रुस्दी र उनका समर्थकबाहेक अरू कसैलाई दोष र निन्दाको योग्य मान्दैनौ’, प्रवक्ताले तेहरानमा आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भने।







डिसी नेपाल







Facebook Comment