सलमान रुस्दीमाथि भएको हमलाको लागि अमेरिकाले इरानलाई दोष दियो, इरानको यस्तो प्रतिक्रिया
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानका सरकारी संस्थाहरूले सलमान रुस्दीविरुद्ध पुस्तौंदेखि हिंसा भड्काइरहेको आरोप लगाउँदै यसलाई घृणित कार्य भनेका छन्। उनले रुस्दीमाथि हमलापछि राज्यका सञ्चारमाध्यमहरूले उत्सव मनाएको आरोप पनि लगाएका छन् ।
एन्टोनी ब्लिन्केनले भने, “संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरू जुनसुकै माध्यम प्रयोग गरेर यी धम्कीहरूको सामना गर्ने आफ्नो संकल्पबाट पछि हट्ने छैनन्। हाम्रो संकल्पलाई सलमान रुस्दी र विश्वका सबै मानिसहरू जसले यस्ता खतराहरूको सामना गरेका छन्, बलियो बनाएको छ।
ब्लिन्केनले जारी राखे, “यसले सारा विश्वलाई यी विश्वव्यापी अधिकारहरूलाई चुनौती दिनेहरू विरुद्ध एकजुट हुनुपर्ने आवश्यकता देखाउँदछ।”
तर, इरानले अमेरिकाको आरोप अस्वीकार गर्दै सोमबार आफ्नो देश यस मामिलामा संलग्न नभएको बताएको छ । समाचार एजेन्सी एपीले इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
नासिर कनानीले पत्रकारहरूलाई भने कि रुस्दी र उनका समर्थकहरू बाहेक अरू कसैलाई यस मामलामा आरोप लगाउने अधिकार छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment