सेयर बजारमा हरियाली, नेप्से परिसूचक ५५.८८ अंकले बढ्यो

डिसी नेपाल
३० साउन २०७९ १५:१५

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज नेप्से ५५.८८ अंकले बढेर २ हजार ०६५.८९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड २९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २१ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचक बढेको छ। आजको कारोबारमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स र राधि विद्युत कम्पनीको सय भाउ १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस्तै, रिडी पावर कम्पनीको सेयर भाउ १० प्रतिशतले घटेको छ।  यो कम्पनीको लगानिकताले अत्यधिक गुमेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *