पत्रकार खनाललाई धम्क्याएको घटनाप्रति महासंघको विरोध
काठमाडौं । हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
हिमाल पोस्ट अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको घटनाको महासंघले विज्ञप्ती जारी गर्दै भर्त्सरना गरेको छ ।
नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रसस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्याउने काम हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment