उत्तरढोका नजिकै स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२ उत्तरढोका नजिकै गएराती स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
लैनचौरबाट टुकुचातर्फ जाँदै गरेको प्रदेश ३–०२–०२३ प १६३७ नम्बरको स्कुटर अनियन्त्रित भएर गएराती सवा ११ बजे पल्टिएको थियो।
दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी सवार हाँडिगाउँ बस्ने बाराका १६ वर्षीय अभय शर्माको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment