अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै रुसका तीन ठूला ऊर्जा कम्पनीमा साउदी अरबको लगानी

डिसी नेपाल
३१ साउन २०७९ १०:५८
672
Shares

काठमाडौं । साउदी अरेबियाको सरकारी स्वामित्वको कम्पनीले रुसका तीन ठूला ऊर्जा कम्पनीहरूमा ठूलो लगानी गरेको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अरबपति राजकुमार अलवालिद बिन तलालको नियन्त्रणमा रहेको साउदी अरेबियाको किंगडम होल्डिङ कम्पनीले फेब्रुअरीदेखि मार्चसम्म रुसी कम्पनीहरूमा ५०० मिलियन डलर लगानी गरेको छ।

साउदी कम्पनीको नियामक फाइलिङपछि यो जानकारी बाहिर आएको हो । यी तीन रूसी कम्पनीहरू ग्याजप्रोम, रोसनेफ्ट र ल्युकआयल हुन्। साउदी अरेबियाको यो लगानी सस्तो दरमा भएको मानिन्छ तर युक्रेनमा भएको हमलापछि रुसमाथि अमेरिकी प्रतिबन्धलाई ध्यानमा राखेर यस्तो सम्झौता भइरहेको छ ।

साउदी अरेबिया र अन्य खाडी देशहरूले अहिलेसम्म युक्रेन विरुद्ध रुसको कारबाहीमा आफू तटस्थ रहेको बताउँदै आएका छन्। जसका कारण रुसलाई एक्लो बनाउने नीतिमा अघि बढिरहेका पश्चिमी देशहरूमा पनि निराशाको वातावरण छ ।

साउदी अरेबियाको सरकारी स्वामित्वको कम्पनीले फेब्रुअरी र मार्चमा ग्याजप्रोम, रोसनेफ्ट र ल्युकआयलमा क्रमशः ३६५ मिलियन डलर, ५२ मिलियन डलर र १०९ मिलियन डलर लगानी गरेको छ ।

साउदी अरबले लगानीका लागि अमेरिकी डिपोजिटरी रसिदहरू प्रयोग गरेको छ। नियामक फाइलिङमा, साउदी कम्पनीले लगानीको निर्णयको कुनै प्रमुख कारण बताएको छैन। क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको किंगडम होल्डिङ कम्पनीमा साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोषको १६.९ प्रतिशत हिस्सेदारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *