नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्दै

डिसी नेपाल
३१ साउन २०७९ ११:५५

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले १ः१ को अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

हकप्रद सेयर जारी गर्न बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई  नियुक्त गरेको छ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *