नेको इन्स्योरेन्सको खुद नाफा ९.०३ प्रतिशतले बढ्यो

डिसी नेपाल
३१ साउन २०७९ १२:२६

काठमाडौँ। नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो।

अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ थियो। लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ। जसले नाफा वृद्धिमा सहयोग पुगेको हो। यस इन्स्युरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म एक अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ।

नेकोको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ। रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा एक अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ। वित्तीय विवरणअनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *