यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१ भदौ २०७९ ८:५१

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४९  पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *