एभरेष्ट बैंकको २० लाख युनिट ऋणपत्र भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१ भदौ २०७९ ९:४८

काठमाडौँ। एभरेष्ट बैंकको २० लाख युनिट ऋणपत्र भर्ने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यस ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो। खुल्ला गरेको ऋणपत्रमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ। सामूहिक लागानी कोषहरुले कुल ४० हजार युनिट पाउनेछन्। सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो। यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरेको छ। यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *