राधी विद्युत कम्पनीको नाफा घट्यो, अधिकांश सूचकको कस्तो छ अवस्था ?

डिसी नेपाल
१ भदौ २०७९ १०:०७

काठमाडौँ। राधी विद्युत कम्पनीको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ९ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।  यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा १७.०९ प्रतिशतले काम हो। अघिल्लो वर्ष कम्पनीले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ। कम्पनीले नेपाल विद्युत् प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याको कारण त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको जनाएको छ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ। अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको विवरणमा उल्लेख छ।

यता, अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ । यसले गर्दा नाफा घट्न पुगेका छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *