तीन कम्पनीको आइपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
१ भदौ २०७९ १०:३४

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर रहेका छन्। यी तिनवटै कम्पनीको सेयर सूचिकृत भएसँगै सेयर कारोबारमा आउने भएको छ।

अपर सोलु हाइड्रोइलेक्ट्रिकको १ करोड ३५ लाख कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।  उक्त सेयर सूचिकृत भएसँगै पहिलो कारोबारका लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि युएसएचईसी (USHEC) संकेत प्रदान गरिएको छ।

त्यस्तै।, श्वेत–गंगा हाइड्रोपावरको १ करोड ५९ लाख ५० हजार कित्ता आइपिओ सूचिकृत भएको छ। सेयर सूचिकृत भएसंगै पहिलो कारोबारका लागि ८९.८८ रुपैयाँदेखि २६९.६४ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एसजीएचसी (SGHC) संकेत प्रदान गरिएको छ।

यसैगरी, मन्दाकिनी हाइड्रोपावरले ५८ लाख ८० हजार ३६९ कित्ता आइपिओ नेप्सेमा सुचिकृत भएको छ। सेयर सूचिकृत भएसँगै कम्पनीले पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाएको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एमएचएल (MHL) संकेत प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *