बैंक अफ काठमान्डूको ऋणपत्र बिहीबारबाट खुला हुने

डिसी नेपाल
१ भदौ २०७९ १२:५९

काठमाडौँ। बैंक अफ काठमान्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ।

यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ। यसआधारमा सामूहिक लागानी कोषहरूले कुल २२ हजार इकाइ पाउनेछन्।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ। बैंकले सात वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ।

यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *